कर्णालीका न्युन बेरुजु हुने पालिकामा पहिलो वनगाड कुपिण्डे दोर्सो मुगुम कार्मारोङ्ग  

कर्णालिका न्यून बेरुजु हुने स्थानिय तहहरुमा सल्यानको वनगाड कुपिण्डे नगरपालिका र मुगुको मुगुम कार्मारोङ्ग गाउँपालिका रहेको छ ।

हालै महालेखा परिक्षकको कार्यालयले राष्टपति समक्ष पेश गरेर सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को ६२ औं वार्षिक प्रतिवेदनमा कर्णाली प्रदेशमा रहेका स्थानिय तहहरु मध्य सल्यानको वनगाढ कुपिण्डे र मुगुको मुगुम कार्मारोङ्ग गाउँ पालिका न्यून बेरुजु रहेका पालिका रहेको उल्लेख गरिएको छ ।

प्रतिवेदनका अनुसार कर्णाली प्रदेशमा रहेका ७९ वटा स्थानिय तहहरु मध्ये वनगाड कुपिण्डे नगरपालिकाको वेरुजु रकम ७३ लाख ५३ हजार रहेको छ यो शुन्य दशमलव ४४ प्रतिशत हो ।

त्यस्तै दोर्सो सुचिमा मुगु जिल्लाको मुगुम कार्मारोङ्ग गाउँपालिकाको बेरुजु रकम ४२ लाख ६८ हजार रहेको छ पालिकाको कुल बजेट, कुल खर्च र कुल बेरुजु,कुल असुललाइ तुलना गर्दा यो शुन्य दशमलव ५४ प्रतिशत हुन आउँछ ।

महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको बेरुजुको स्थिती अवस्था बारेको प्रतिवेदन हेर्दा मुगु जिल्लामा रहेका चारवटा स्थानिय तहहरुमध्य सबै भन्दा कम र कर्णाली प्रदेश मै दोर्सो कम मुगुम कार्मारोङ्ग गाउँ पालिकाको रहेको छ । यस्तै छायानाथ रारा नगरपालिकाको ३ करोड ३९ लाख १८ हजार,खत्याड गाउँपालिकाको २ करोड ५३ लाख ९७ हजार र सोरु गाउपालिकाको १ करोड ८६ लाख ४६ हजार बेरुजु रहेको छ ।

बर्सेनि स्थानिय तहमा बेरुजुको दर बढ्दै गएपनि मुगुम कार्मारोङ्ग गाउपालिकाको भने बेरुजाेको दर घट्दै गएको देखिएको छ । मुगुम कार्मारोङ्ग गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवासचन्द्र रावल भन्छन् ; हामी मुगुम कार्मारोङ्गलाइ देश कै नमुना पालिका बनाउने योजना र सपना सहित अघि बढी रहेका छौ। निकट भविष्यमा देश भरको शून्य बेरुजु भएको पालिका बनाउने हामिले लक्ष्य राखेका छौं ।

स्थानिय तहहरुमा भएका आर्थिक अनियमिता,अपारदर्शीता,बेरुजी दर उच्च,बेथिती जस्ता कुराले स्थानिय सरकारहरुको बदनाम भैरहेका बेला विकट हिमाली जिल्ला मुगुमा रहेको मुगुम कार्मारोङ्ग गाउँ पालिका मात्र यस्तो पालिका हो, पालिकाका मुद्दा अड्डा,अदालत र अक्तियारमा हालसम्म छैनन,योजना तथा कार्यक्रमहरु समय मै सम्झौता र भुक्तानी हुनु यो पालिकाको विषेशता नै बनेको छ । पालिकामा आएका सेवाग्राहीहरुको काम कार्वाहीको सुनुवाइ समय मै हुने गरेका छन ।

पालिकामा कार्यरत कर्मचारीहरुलाइ कुनै राजनैतिक दवाव हुदैन उनिहरु स्वतन्त्र रहेर काम गरिरहेका छन । हाम्रो काम भनेको नियम कानुन बनाउने,योजना कार्यक्रम कसरी चलिरहेका छन हेर्ने र काम गर्दा आएका बाधा अड्चन फुकाउने रहेको कर्मचारीहरुको भनाई छ।

नियम कानुन भित्र रहेर कोहि कसैको दवावमा नपरि स्वतन्त्र रुपमा काम गर्न कर्मचारिहरुलाइ स्वतन्त्रता दिएको उक्त पालिकाका अध्यक्ष छिरिङ्ग क्याप्ने लामाले बताएका छन् ।

उनले भने; हाम्रा काम कार्वाही उत्कृष्ट हुँदै आएका छन । बेरुजु न्यून हुनेका कर्णाली मै दोर्सो छौ,प्राकृतिक स्रोत तथा वित्त आयोगको स्थानिय तह कार्य सम्पादन मुल्यांकनमा मुगुमा प्रथम छौ र लिजा,एफआरए मुल्यांकन पनि जिल्ला कै उत्कृष्ट हुन सफल भएका छौं ।

प्रकाशित मितिः   २०८२ जेष्ठ ५ at 7:27 pm 

  • कमेन्ट (Comment)