काठमाडौं : अशाेक राई नेतृत्वकाे जनता समाजवादी पार्टीका दुई पदाधिकारी पुरानै पार्टीमा फर्किएका छन्। जसपाका सहअध्यक्ष रेणु यादव र उपमहासचिव प्रदीप यादवले पार्टी परित्याग गरेर पुरानै पार्टी जनता समाजवादी पार्टी नेपालमा फर्कीएका हुन्।
यादवद्वयले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जसपा नेपालबीच हुन लागेकाे एकतालाई स्वीकार गर्दै आज पुरानै पार्टीमा फर्किएका हुन्। यसका लागि जसपाकी सहअध्यक्ष रेणु यादव र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबीच सहमति पत्रमा हस्ताक्षर भइसकेकाे छ।
जसपाका बहुमत केन्द्रीय सदस्यहरू जसपा नेपालमै फर्किने दाबी सहमतिपत्रमा गरिएकाे छ। ‘मिति २०८२ पुस १३ गते जनता समाजवादी पार्टी, नेपाल र जनता समाजवादी पार्टीका सह-अध्यक्ष रेणु यादवको नेतृत्वमा रहेका बहुमत केन्द्रीय सदस्यहरू सहित जसपा नेपाल पार्टीसँग एकीकरण गरियो’, सहमति पत्रमा भनिएकाे छ।











कनका खबर । २०८२ पुष १४