
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तिका लागि सर्टलिस्टमा ६ जना उम्मेदवारको नाम सार्वजनिक गरिएको छ। प्रतिष्ठानले उपकुलपति छनोटका लागि आह्वान गरेको आवेदनमा कुल १५ जनाले निवेदन दिएका थिए।
उक्त निवेदनहरूमध्ये प्रारम्भिक छानबिन तथा मूल्यांकन प्रक्रियापछि ६ जनाको नाम अन्तिम चरणको प्रतिस्पर्धाका लागि सिफारिस गरिएको हो। सार्वजनिक सिफारिस सूचीमा सह–प्राध्यापक डा. एलिजा श्रेष्ठ, सह–प्राध्यापक डा. डबलबहादुर धामी, डा. पवनजंग रायमाझी, सह–प्राध्यापक डा. पुजनकुमार रोकाया, प्राध्यापक डा. श्रीकृष्ण गिरी र प्राध्यापक डा. सूर्यमान मेन्याङ्ग्वो परेका छन्।
अब सिफारिसमा परेका यी उम्मेदवारहरूमाथि अन्तर्वार्ता लगायत अन्य आवश्यक मूल्यांकन प्रक्रिया मा साउन २३ गते अन्तरवार्ता गरि । मूल्यांकनको अन्तिम चरणमा ३ जनालाई प्रतिष्ठानका कुल पति प्रधानमन्त्री सिफारिस गरि एक जनालाई नियमानुसार प्रतिष्ठानको उपकुलपति पदमा नियुक्त गरिनेछ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान दुर्गम कर्णालीको जुम्ला जिल्लामा रहेको प्रमुख स्वास्थ्य तथा चिकित्सा शिक्षण संस्था हो। प्रतिष्ठानको नेतृत्वदायी पदका रूपमा रहेको उपकुलपति पदका लागि योग्य, अनुभवी र सक्षम व्यक्तिको छनोट गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको हो।
प्रतिष्ठानको अनुसार अन्तिम निर्णय प्रक्रिया पारदर्शी र प्रतिस्पर्धात्मक आधारमा सञ्चालन हुनेछ। उपकुलपति पदको नियुक्ति कर्णाली प्रदेशको स्वास्थ्य सेवा प्रवाह र शैक्षिक गुणस्तरमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।











कनका खबर । २०८२ साउन २०