राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन्।
सभापति लामिछाने र राष्ट्रपति पौडेलबीच आज मध्याह्न कुराकानी भएको हो।
उनीहरूबीच समसामयिक घटनाक्रमबारे छलफल भएको बताइएको छ।
आजै सभापति लामिछानेको आह्वानमा सुनसरी घटनाबारे सर्वदलीय बैठक गरेर ९ दलले ७ बुँदे अपिलसमेत जारी गरेका थिए।
राष्ट्रपति भेट्न शीतल निवास पुगे रास्वपा सभापति रवि लामिछाने











कनका खबर । २०८३ साउन १३