स्पेन स्थित विश्वकै कठिन अल्ट्रा म्याराथनमा नेपालीकी सुनमाया तेस्रो

विश्वकै कठिन रेस मानिएको स्पेनको ट्रान्सभुल्कानिया अल्ट्रा म्याराथनमा नेपालकी सुनमाया बुढा तेस्रो भएकी छन्।

७२ किलोमिटरको उक्त अल्ट्रा म्याराथनमा सुनमायाले ८ घण्ठा २० मिनेट ३१ सेकेण्डमा पूरा गरेकी थिइन्।

म्याराथन स्पेनको क्यानरी आइल्याण्ड स्थित भोल्क्यानिक आइल्याण्ड ला पाल्मामा भएको थियोे।

उनी पहिलो भएको धाविका भन्दा १८ मिनेट र दोस्रो भएकी धाविका भन्दा ४ मिनेटले मात्र पछि थिइन्।

पहिलो भएकी रुथ क्रोफ्टले ८ घण्टा २ मिनेट ४९ सेकेण्डमा दौड पूरा गरिन्। यस्तै दोस्रो भएकी इदा निल्सनले ८ घण्टा १६ मिनेट ३२ सेकेण्डमा पूरा गरिन्।

प्रकाशित मितिः   २०८१ बैशाख ३० at 9:53 pm 

  • कमेन्ट (Comment)