प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जति सक्दो छिटो संघीय संसद् अधिवेशन बोलाउन माग गर्ने भएको छ ।
यो विषयमा विपक्षी दलहरूसँग पनि कुरा गरेर अगाडि बढ्ने तय भएको नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकायाले जानकारी दिए ।
‘पछिल्लो राजनीतिक घटनाक्रमले संसद अधिवेशन जतिसक्दो आवश्यक रहेको महसुस भएको छ । पत्रकार धरपकडदेखि न्यायलयभित्रको अवस्था र प्रहरीको विषय आएको छ,’ उनले भने ।
सर्वोच्च न्यायाधीश–बिचौलिया भेटघाट र नेपाल प्रहरीको नेतृत्व (आईजीपी दानबहादुर कार्की) सँग जोडिएका विवादित समाचार सार्वजनिक भएपछि पत्रकारहरूमाथि प्रहरीको धरपकड गरेको छ ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग कनेक्सन देखिएका भनिएका इनम सापकोटाको मोबाइल विवरण र प्रहरी नेतृत्व परिवर्तनको विषयलाई लिएर समाचार लेखेका आधारमा प्रहरीले सञ्चारगृहका न्युजरुममै पुगेर धरपकड गरेको हो । धरपकड गरेकै दिन शुक्रबार पक्राउ परेका पत्रकारहरू छुटे ।











कनका खबर । २०८३ कार्तिक १७