गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया अन्तर्गत न्यू साउथ वेल्स (NSW) राज्य समन्वय परिषद् (SCC) को आगामी २०२५–२०२७ कार्यकालको निर्वाचनमा सुमन खत्रीले उप-राज्य संयोजक पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।
नेपालको सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका खत्रीले अबको यात्रामा अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायप्रति आफ्नो अनुभव र समर्पणलाई केन्द्रमा राख्ने बताएका छन्। विशेषतः सुदूरपश्चिम, मध्यपश्चिम र कर्णाली क्षेत्रमा सामाजिक सेवा गर्दै संकलन गरेका अनुभवलाई उनले प्रवासमा पनि उपयोगी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
खत्रीले उम्मेदवारी घोषणा गर्दै भने, “हामी पारदर्शिता, समावेशिता र समर्पणको आधारमा अघि बढ्नेछौं। अनुभव र युवाको संयोजनले हाम्रो टिमले अझ प्रभावकारी नेतृत्व प्रदान गर्नेछ।”
उनले अष्ट्रेलियामा रहेका सबै नेपाली समुदायको सहयोग, सल्लाह र सहभागिताको अपेक्षा गर्दै, एक सशक्त र एकताबद्ध डायस्पोरा निर्माणको संकल्प व्यक्त गरेका छन्। “हिजोको अभ्यास र आजको सक्रियतासँगै हामी सबै मिलेर भविष्यको बलियो आधार तयार गर्न सक्छौं,” खत्रीले भने।
सिड्नीमा बसेको नेपाली समुदायभित्र सक्रिय युवा पुस्तालाई प्रेरित गर्ने खत्रीको अभियानले आगामी निर्वाचनमा नयाँ उत्साह ल्याउने अपेक्षा गरिएको छ।
कनका खबर । २०८२ असार १७