जुम्ला । दरबार सङ्ग्रहालय परिसरमा रहेको समितिको केन्द्रीय कार्यालयमा सिजा गाउँपालिकाले विगत चार वर्ष देखि गर्दै आएको अभ्यास र अनुसन्धानबारे समितिलाई विस्तृत रूपमा अवगत गराइएको थियो ।छलफलका क्रममा खस दिवस, तागा दिवस, साउन पूनि, भैलो, कोइरा दिवस, बारुवाँ र काफल दिवस लगायतका मौलिक पर्वहरूलाई नयाँ पात्रोमा समावेश गर्ने सहमति भएको पालिका अध्यक्ष पुर्ण प्रसाद धितालले सामाजिक संजाल मार्फत जानकारी गराएका छन ।
यसले कर्णाली क्षेत्रको ऐतिहासिक, सांस्कृतिक र मौलिक पहिचानलाई राष्ट्रिय स्तरमा स्थापित गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
भेटका क्रममा पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष लक्ष्मण पन्थीले सिजा क्षेत्रबाट आएका प्रतिनिधिहरूलाई आत्मीय स्वागत गर्नुभएको थियो । अध्यक्ष पन्थी प्रति देखाइएको सद्भाव र सहकार्यका लागि पालिका अध्यक्ष धिताल द्वारा धन्यवाद व्यक्त गरिएको छ ।
यस निर्णयलाई कर्णाली प्रदेश तथा सिजा क्षेत्रका मौलिक संस्कृति संरक्षण र प्रवर्द्धनतर्फको ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ ।
सिजा क्षेत्रका मौलिक चाडपर्वलाई नयाँ पात्रोमा समावेश गर्ने सहमति











कनका खबर । २०८२ पुष १९