राष्ट्रपति कार्यालय पुगे तीन वटा अध्यादेश

तीन वटा अध्यादेश राष्ट्रपति कार्यालय पुगेको छ । बिहीबार साँझ पाँच बजेतिर अध्यादेश राष्ट्रपति कार्यालय पुगेको हो ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकलसरकारले तीन वटा अध्यादेश जारी गर्नका लागि सिफारिस गरेको छ ।

बुधबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले तीन वटा अध्यादेश जारी गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको हो ।

भोटेकोशी बाढीलाई मध्यनजर गर्दै विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने गरी अध्यादेश जारी गर्न लागिएको छ ।

प्रकाशित मितिः   २०८३ असोज २२ at 6:49 pm 

  • कमेन्ट (Comment)