रास्वपाका केन्द्रीय सदस्यलाई प्रमाणपत्रसहित रविले दिए घण्टी उपहार

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नव निर्वाचित केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । केन्द्रीय कार्यालय वनस्थलीमा सभापति रवि लामिछानेले निर्वाचित ६ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

निर्वाचित सदस्यलाई सभापति रविले प्रमाणपत्र हस्तान्तरण तथा घण्टी उपहार दिएका थिए । चितवनमा असार ७ देखि १२ गतेसम्म भएको प्रथम महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

प्रकाशित मितिः   २०८३ असार १७ at 1:37 pm 

  • कमेन्ट (Comment)