सार्वजनिक यातायातमा विधार्थीहरुलाई दिनु पर्ने छुट कार्यन्वयन गर्न माग गर्दै स्ववियुले बुझायो सिडिओलाई पत्र 

जुम्ला बहुमुखी क्याम्पसका स्ववियु पदाधिकारीहरुले जिल्ला प्रसाशन कार्यालय समक्ष ध्यानाकर्षण पत्र बुझाएका छ। नेपाल सरकारको नीति अन्तर्गत सार्वजनिक यातायातमा विधार्थीहरुलाई दिईने ४५ प्रतिशत छुट जुम्लामा कार्यन्वयन हुन नसकेको भन्दै उक्त नियमलाई यथासिघ्र कार्यन्वयन गर्न माग गरि ध्यानाकर्षण पत्र बुझाएको हो।

उक्त ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको व्यहोरा जस्ताको तस्तै:

प्रस्तुत सन्दर्भमा लामो विद्यार्थी आन्दोलनको नतिजा स्वरुप विद्यार्थीहरुका हकहित लाई कार्यान्वयन गर्ने सन्दर्भमा बिगतमा भएका विभिन्न सम्झौताहरुमा सार्वजनिक सवारी साधनको प्रयोगमा विद्यार्थीहरु लाई ४५% छुटको व्यवस्था गरिएको सबैलाई अवगत नै छ । तर जुम्ला जिल्लामा यो कार्यान्वयनमा नआएको प्रती स्ववियुको गम्भीर ध्यानाकर्षण भएको छ । राज्यले नै निर्धारण गरेको सेवा सुविधा बाट विद्यार्थी जस्ता भविष्यको कर्णधार पुस्तालाई नै बन्चित गरिने हो भने अन्य वर्ग र समुदायको हालत के होला रु त्यसैले यातायात ब्यबसायी, नेपाल सरकार र विद्यार्थी सङ्गठनहरुका बिचमा भयको सहमति, राज्यले गरेको कानुनी प्रावधान अनुसार मुलुकका अन्य ठाउँमा भाडा छुटको व्यवाहारिक रुपमा कार्यान्वयन भइरहेको र जुम्ला जिल्लामा पनि तुरुन्तै कार्यान्वयन गर्न गराउन सम्बन्धित सम्पुर्ण सरोकार वालाको ध्यानाकर्षण गराउन चाहन्छौ ।

सार्वजनिक सवारीमा भाडा छुट को व्यवस्था तुरुन्तै कार्यान्वयन नगरिएमा स्ववियु कडा कदम चाल्न बाध्य हुनेछ । प्रमुख जिल्ला अधिकारीज्युले दुर्गमका विद्यार्थीहरु माझ राज्यले कानुनी ब्यावस्था लागु गर्न प्रतिबद्ध रहेको आभास हुने गरी हाम्रो मागमा गम्भीरता पुर्वक अगाडी बढ्नु हुनेछ भन्ने आशाका साथ यो ध्यानाकर्षण पत्र बुझाएका छौं।

स्ववियुले बुझाएको ध्यानाकर्षण पत्र:

प्रकाशित मितिः   २०८२ जेष्ठ १६ at 3:42 pm 

  • कमेन्ट (Comment)