जुम्लामा पहिलो पटक अन्तर मेडिकल कलेज खेलकुद प्रतियोगिता

जुम्लामा पहिलो पटक अन्तर कलेज खेलकुद प्रतियोगिताको आयोजना गरिएको छ। उक्त आयोजना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको हो।

आईतबार देखि प्रतियोगिता सुरु गरिएको छ। उक्त दिनमा एक कार्यक्रम राखी खेलकुद प्रतियोगिताको उद्घाटन गरिएको हो।

प्रतिष्ठान स्थापनाको डेढ दशकको अवधिमा यो पहिलो पटक राष्ट्रिय अन्तर कलेज खेलकुद प्रतियोगिता हो। कर्णालीका बिभिध पक्षलाई राष्ट्र सामु चिनाउने उदेश्यले यो प्रतियोगिताको आयोजना गरेको प्रतिष्ठानका खेलकुद समिति संयोजक विवेक पुनले बताए।

प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा उपस्थित प्रतियोगिलाई स्वागत गर्दै प्रतिष्ठानले उदाहरणीय कार्यको थालनी गरेको पुनको भनाई छ।

प्रतियाेगितामा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुरधाम, धनुषा, राजर्षिजनक विश्वविद्यालय, जनकपुरधाम, धनुषा, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौडा, मकवानपुर, किस्ट मेडिकल कलेज, ललितपुर र महाराजगंज चिकित्सा स्याम्पस, चिकित्साशात्र अध्यायन संस्थान, महारजगंज, काठमाण्डौ सहभागी भएका छन्। पाँच वटा मेडिकल कलेजका १२० जना विद्यार्थी जुम्ला आएका छन्।

खेलकुद कार्यक्रममा आठ विद्याका खेलहरु समाहित गरिएका छन्। जसमा महिला पुरुष भलिबल, फुटबल, क्रिकेट, टेवल टेनिस, चेस, दौड, कविता र हाजिरीजवाफ प्रतियोगिता रहेका छन्।

जसमा जुम्ला बहुमुखी क्याम्पमा भलिबल, कर्णाली प्राविधिक शिक्षालयमा क्रिकेट, देविदत्त गणकाे खेल मैदानमा फूटलब प्रतियाेगिता हुने भएको छ।

साथै प्रतियाेगितामा प्रथम,द्दित्तिय र तृतिय हुनेलाई क्रमश: नगद एक लाख, ७५ हजार र ५० हजार सहित मेडल र प्रमाण पत्र प्रदान गरिने छ।

टाढाबाट उपस्थित भई प्रतिष्ठानको कार्यक्रम सफल बनाउन जुम्ला पुगेका टिम मध्य उत्कृष्ट टिमलाई प्राेत्साहन स्वरुप पुरस्कारका साथै मुगु जिल्लामा अवस्थित नेपालकै ठुलो ताल ‘रारा ताल’ अवलोकन गराउने व्यवस्था समेत गरिएको प्रतिष्ठानले बताएको छ।

प्रकाशित मितिः   २०८१ भाद्र १७ at 3:42 am 

  • कमेन्ट (Comment)