प्रेस युनियनको ३४ औं स्थापना दिवशको अवशरमा विरामिलाइ फलफुल वितरण 

नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसरमा मुगु जिल्ला अस्पतालका विरामीहरुलाइ फलफुल वितरण गरिएको छ । युनियनको ३४ औ स्थापना दिवशको अवसरमा मंगलबार देशभरमा विभिन्न कार्यक्रमको आयोजना गरि युनियन कर्मिहरुले स्थापना दिवश मनाइ रहदा मुगुमा प्रेस युनियनले जिल्ला अस्पतालमा उपचारत विरामिहरुलाइ फलफुल वितरण गरेको हो ।

जिल्ला अस्पतालमा उपचारमा रहेका २६ जना विरामीलाई प्रेस युनियन मुगुका अध्यक्ष नन्द बहादुर रोकाया,प्रेस युनियन मुगुका संस्थापक तथा पत्रकार महासंघ मुगुका संस्थापक अध्यक्ष विनोद कुमार मल्ल,पत्रकार महासंघ मुगुका अध्यक्ष अचुत राज भण्डारी,अस्पताल व्यवस्थापन समिती मुगुका अध्यक्ष गजेन्द्र बहादुर मल्ल र जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका निमित्त प्रमुख दिपेन्द्र शाहिले फलफुल वितरण गरेका हुन् ।

स्थापना दिवस कै अवशर पारेर प्रेस युनियनमा आवद्ध तथा जिल्लामा कृयाशिल २ दर्जन पत्रकारहरुको जिल्ला अस्पताल मुगुमा निशुल्क स्वास्थ्य परिक्षण समेत गरिएको थियो । पत्रकारहरुको स्वास्थ्य परिक्षण चिकित्सक अर्जुन भामले गरेका छन् ।

फलफुल वितरण र स्वास्थ्य परिक्षण पछि सन्चालित कार्यक्रममा बोल्दै अस्पताल व्यवस्थान समितिका अध्यक्ष गजेन्द्र बहादुर मल्लले यस्ता खालका कार्यक्रमले विरामिलाइ सान्तोना प्राप्त भै मनोबल बढने बताएका छन् ।

उनले भने ; आफ्नो ४ वर्षे कार्यकालमा २ वर्ष वेथित भैसक्दा अस्पतालमा अति आवश्यक रहेको खानेपानी र घेरवार समाधान उन्मुख तिर काम भैरहेको र चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाइ बस्नका लागि आवासीय गृहको अभाव भएकोले आफुले संघ, प्रदेश र स्थानिय सरकारसङ्ग आवास भवन निर्माणका लागि आवश्यक बजेटको व्यवस्था मिलाइ दिन पहल गरिरहेको छु। पत्रकारहरुले पनि कलमका माध्यमबाट तिनै तहका सरकारलाइ घचघचाइ दिन अनुरोध गरेका छन् ।

देशमा वहुदलिय व्यव्वस्था छ सबै पाटिमा आस्था राख्ने पत्रकारहरु छन र शुभेच्छुक संस्था पनि छन जो जेमा आस्थावान भएपनी पत्रकारहरुको समाचारमा आस्था झल्किनु हुदैन । सत्य,तथ्य र निष्पक्ष समाचार पत्रकारले लेख्नुपर्छ नेपाल पत्रकार महासङ्ग मुगुका अध्यक्ष अचुत राज भण्डारीले पत्रकारहरुलाइ सुझाव दिएका हुन ।

प्रजातन्त्र,लोकतन्त्र,गणतन्त्र ल्याउन नेपाल प्रेस युनियनको अग्रणी भुमिका रहे पनि नेपाली काङ्ग्रेसले आफ्नो शुभेच्छुक सस्था प्रेस युनियनको वृद्धि विकासमा ध्यान नदिएको प्रेस युनियन मुगुका सस्थापक अध्यक्ष विनोद कुमार मल्लले गुनासो पोखेका छन् । नेपाली कांग्रेसले प्रेस युनियनलाइ विपक्षमा हुदा प्रयोग गर्ने र सत्तामा हुदा वास्ता नगर्ने गरेको आरोप उनको आरोप रहेको छ ।।

कार्यक्रम नेपाल प्रेस युनियन मुगुका अध्यक्ष नन्द बहादुर रोकायाको अध्यक्षयतामा जिल्ला अस्पताल मुगुमा मङलबार विहान ८ बजे उक्त कार्यक्रम भएको थियो ।

प्रकाशित मितिः   २०८२ जेष्ठ १३ at 2:22 pm 

  • कमेन्ट (Comment)