नागरिक लगानी कोषको अधिकृत पूँजी १० अर्ब पुर्याउने प्रस्ताव गरिएको छ । यस्तो प्रस्तावसहित अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोष ऐन २०४७ लाई संशोधन गर्न बनेको विधेयक ल्याएका छन् ।
प्रतिनिधिसभामा बिहीबार दर्ता भएको यो विधेयकको दफा ३ मा प्रचलित ऐनको दफा ४ मा संशोधन गर्ने प्रस्ताव छ । प्रचलित ऐनको दफा ४ मा कोषको पूँजी र सेयर बाँडफाँटसम्बन्धी व्यवस्था छ ।
प्रचलित ऐनको दफा ४ को उपदफा १ मा भनिएको छ, ‘कोषको अधिकृत पूँजी ८ अर्ब रुपैयाँ हुनेछ र सो रकमलाई १०० रुपैयाँका दरले ८ करोड कित्ता सेयरमा विभाजन गरिने छ ।’
यसमा संशोधन गर्ने प्रस्ताव प्रस्तावित विधेयकमा छ । प्रस्तावित विधेयकको दफा ३ मा भनिएको छ, ‘मूल ऐनको दफा ४ को उपदफा १ मा रहेका ‘८ अर्ब रुपैयाँ’ भन्ने शब्दहरूको सट्टा ‘१० अर्ब रुपैयाँ’ र ‘८ करोड कित्ता’ भन्ने शब्दहरूको सट्टा ‘१० करोड कित्ता’ भन्ने शब्दहरू राखिएका छन् ।
यससँगै कोषको पूँजी संरचनामा अर्को परिवर्तन गर्न पनि प्रस्ताव गरिएको छ ।
प्रचलित ऐनको दफा ४ को उपदफा (२) अनुसार कोषको जारी पूँजी ८ अर्ब रुपैयाँ र चुक्ता पूँजी तीन अर्ब रुपैयाँ हुनेछ ।











कनका खबर । २०८३ भाद्र १८