नेपाली कांग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेला सुरू भएको छ। राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा.शंशाक कोइरालाको अध्यक्षतामा सुरू भएको हो।
भेलामा देउवा र कोइराला समूहका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको छ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा भेला सुरू भएको हो।
भेलाको निवर्तमान सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ। देउवा बिहीबार मात्रै काठमाडौं आइपुगेका हुन्। गत वर्ष भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका देउवा उपचारका लागि सिंगापुर गएका थिए।
भेलाको आज उद्घाटन सत्र मात्रै सञ्चालन हुनेछ भने भोलिदेखि अन्य कार्यक्रम सुरू हुने जनाइएको छ।











कनका खबर । २०८३ साउन २९