जुम्लामा लागु औषध सहित एक व्यापारी पक्राउ

तस्बिर : कनका खबर

जुम्ला जिल्ला चन्दननाथ नगरपालिका -४ मा अवस्थित एउटा सुन चाँदी पसलमा लागु औषध भेटिएको छ।

बुधबार दिउँसो प्रहरीले विशेष सूचनाको आधारमा लागु औषध बरामद गरेको हो।

चन्दननाथ नगरपालिका -३ घर भई हाल चन्दननाथ ४ मा सुन चाँदीको व्यवसाय गर्दै आएका वर्ष ३० का मिन बहादुर सुनारको पसलमा लागु औषध भेटिएको हो।

प्रहरीका अनुसार सुन चाँदी पसल भित्र लुकाई छिपाई तिन पुरिया ब्राउन सुगर जस्तो देखिने लागु औषध राखिएको थियो।

जसको तौल प्लास्टिक हटाई शुद्ध ८५० मिलि ग्राम रहेको छ।

भेटिएको लागु औषध सहित अभियुक्त मिन बहादुर सुनारलाई प्रहरीले हिरासतमा राखेको छ।

प्रकाशित मितिः   २०८१ साउन ९ at 7:39 pm 

  • कमेन्ट (Comment)