नेपाल लोकतान्त्रिक खेलकुद संघ जुम्लाको प्रथम जिल्ला अधिवेशन सम्पन्न:अध्यक्षमा दिपेन्द्र विक्रम हमाल

नेपाली कांग्रेसको भातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघ जुम्लाको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ। संघको प्रथम जिल्ला अधिवेशनबाट २५ सदस्यिय कार्यसमिति चयन गरिएको छ।

जसको अध्यक्षमा दिपेन्द्र विक्रम हमाल चयन भएका छन् । भने क्रमशः २. धिरेन्द्र रोकाया-उपाध्यक्ष,सुस्मा सिंह-उपाध्यक्ष, प्रविन बुढथापा-सचिव, दक्त रावत-सहसचिव, विरेन्द्र शाही-कोषाध्यक्षमा चयन भएका छन्।

नेपाली कांग्रेस कर्णाली प्रदेश प्रतिनिधि भरत बहादुर बुढ्थापाको अध्यक्षता, जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यको प्रमुख आथित्य तथा नेपाली कांग्रेस जुम्लाका कार्यवाहक सभापति कर्मा बुढाको विशेष आथित्यमा अधिवेशन सम्पन्न भएको हो।

उक्त अधिवेशन बाट केन्द्रिय महाअधिवेशन प्रतिनिधिमा भरत बहादुर बुढथापा, सुश्री बर्षा हमाल, श्री गरजित शाही र प्रदेश प्रतिनिधिमा विष्णु कुमार शाही, रोशन श्रेष्ठ, कुशल शाही, धिरेन्द्र रोकाया, राजेश श्रेष्ठ, विना देवकोटा सर्वसम्मत चयन भएका छन्।

प्रकाशित मितिः   २०८२ साउन ३० at 8:53 pm 

  • कमेन्ट (Comment)