नेकपा एमाले जुम्लाकाे अध्यक्षमा शान्तिलाल महत विजयी

नेकपा एमाले जुम्लाकाे अध्यक्षमा शान्तिलाल महत सहित प्यानलै निर्वाचित भएकाे छ। नवाैं जिल्ला अधिवेशनबाट बहुमतसँगै अध्यक्ष सहित पुरै प्यानलै महतको विजय भएकाे हो।

कुल खसेकाे ३३८ मत मध्य अध्यक्षमा महतले १९४ मत प्राप्त गर्दै महत अध्यक्षमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी धिरेन्द्रराज गिरी १३५ मत प्राप्त गरे।

त्यस्तै महत प्यानलकाे उपाध्यक्षमा प्रेम बहादुर बुढाले १८७ मत पाउँदा पदम बहादुर बुढाले १३८ मत प्राप्त गरे। सचिवमा मान बहादुर रोकायाले १७९, महिला उपसचिवमा मेनका रेग्मीले १७४, पुरुष उपसचिव धन बहादुर बुढाले १४१ मत ल्याएर पदाधिकारी विजय हासिल गरे।

 

प्रकाशित मितिः   २०८१ बैशाख १९ at 10:22 pm 

  • कमेन्ट (Comment)