
सिम्पल ईन्टेलिजेन्ट एण्ड टेक्नोलोजी जुम्लाका संचालक हर्ष बहादुर शाहीले आफ्नो जन्मदिनको अवसर पनरि विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन्।
शाहीले जुम्लाको हिमा गाउँपालिका वडा -२ मा रहेको श्री हिमा आधारभुत विद्यालयमा अध्ययनरत करिब ९४ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका हुन।
जन्मदिनको अवसरमा शाहीले उक्त विद्यालयको परीसर र भर्खरै निर्माण भएको बाटोको किनारामा शाहीले वृक्षारोपण समेत गरेको हिमा आधारभूत विद्यालयका प्रधानाध्यापक महेश रावलले जानकारी दिए।











विक्रम तिरुवा 'सलिन' । २०८१ जेष्ठ २०