जुम्लाको चन्दननाथ नगरपालिका –२ मा भेटिएको शंकास्पद वस्तु बम नभई ‘खाली कुकर’ रहेको पृष्टी भएको छ।
विहिबार रातो टेपले बेरिएको शंकास्पद वस्तु बम नभई खाली कुकर मात्रै रहेको पृष्टी भएको हो।
शुक्रबार नेपाली सेनाले आफ्नो प्रक्रिया पुरा गरी डिस्पोज गर्न खोज्दा कुनै बम नभएर खाली कुकर मात्रै भेटिएको प्रहरी नायब उपरिक्षक डिएसपी छेदिलाल कामतीले बताए।
उनका अनुसार शुक्रबार विहानै नेपाली सेनाले उक्त शंकास्पद वस्तुको डिस्पोज गरेको हो।
रातो टेपले बेरिएको अवस्थामा भेटिएकोले बम हुन सक्ने आशंकामा हिजोदेखी उक्त क्षेत्रमा आवतजावतनै बन्द गरिएको थियो।
विश्व प्रकाश । २०८१ साउन २५