कर्णाली राजमार्ग स्तरोन्नतीका लागि सांसद कठायतले दर्ता गरिन् सार्वजनिक महत्वको प्रस्ताव

तस्बिर : कनका खबर

कर्णाली राजमार्गको स्तरोन्नतीका लागि सांसद विनिता कठायतले संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएकी छन्। बुधबार रास्वपा सांसदहरु सहित सभामुख देवराज घिमिरेलाई भेटेर उक्त प्रस्ताव दर्ता गराएकी हुन।

उनले एक दशकमा कर्णाली राजमार्गमा भएका १ हजार ८ सय २१ दुर्घटनामा ९ सय ९१ जनाले ज्यान गुमाएपछि स्तरोन्नति गर्न माग गर्दै प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्तागराएको जनाएकी छन्।

उनी प्रस्तावक रहेको प्रस्तावमा सांसदहरू सोबिता गौतम, मैना कार्की, अम्मरबहादुर थापा, अनिशा नेपाली, कान्तिका सेजुवाल, चन्द्रबहादुर विश्वकर्मा, गणेश पराजुली, शिव नेपाली, विराजभक्त श्रेष्ठ, मनिष झा, निशा डाँगी, सुमना श्रेष्ठ, तोसिमा कार्की, चन्द्रा कार्की, लक्ष्मी तिवारी, छिरिङ लामाले समर्थन गरेका छन्।

प्रस्तावक सांसद कठायतका साथमा सभामुख सहित समर्थक सांसदहरु

प्रस्तावमा भनिएको छ, ‘पुरानो कालोपत्रे पूर्ण रूपमा उप्किएको छ भने ठाउँठाउँमा बनेका खाल्डाले दुर्घटनाको जोखिम बढेको छ। साँघुरो बाटो र द्वन्द्वकालमा निर्माण कार्यमा बिलम्ब भएकाले निर्माण कार्य पूर्ण हुन नसकेकाले यो मार्गमा यात्रुलाई सास्ती भएको छ। सडक बन्द हुँदा जुम्ला, मुगुबाट सुर्खेत, नेपालगञ्ज र काठमाण्डु जाने सवारीसाधन बीच बाटोमा रोकिँदा सयौं यात्रुहरू अलपत्र पर्ने गर्दछन्। राजमार्ग पुनःस्थापना मात्र नभई सडक कालोपत्रेका लागि सरकारले बजेट छुट्याउन सके कर्णालीका लागि दीगो विकासमा टेवा पुग्नेछ।’

कर्णाली राजमार्गको स्तरोन्नति गर्दै सम्भावित सार्वजनिक सवारीसाधनको दुर्घटनाको रोकथाम र नियन्त्रण सम्बन्धी छलफल गर्न प्रतिनिधिसभा नियमावली २०७९ को नियम ७१ बमोजिम प्रस्तावको सूचना दर्ता गरिएको सांसद कठायतले बताइन्।

यस्तो सार्वजनिक महत्त्वको प्रस्ताव

प्रकाशित मितिः   २०८१ भाद्र १२ at 9:10 pm 

  • कमेन्ट (Comment)