जुम्लाको चन्दननाथ नगरपालिकामा स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना 

जुम्ला। जुम्लाको चन्दननाथ नगरपालिकामा स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना गरिएको छ। जसको उद्घाटन बुधबार दिउँसो गरिएको हो।

बिभिन्न समयमा घटिरहेका प्राकृतिक घटनाहरुको उद्धारमा ढिलाई भईरहेको विषयलाई मध्यनजर गर्दै चौबिसे घण्टा सेवा दिने उद्देश्यले उक्त केन्द्रको स्थापना गरिएको हो।

सोहि केन्द्रलाई थप टेवा पुर्याउँदै नेपाल रेडक्रस सोसाइटी जुम्लाले करिव ३ लाख (भ्याट सहित ) बराबरको औजार हस्तान्तरण गरेको छ।

हस्तान्तरण गरिएको सामानको विवरण:

यस सेवा केन्द्रले अबका दिनमा विपद व्यवस्थापनमा समयनिष्ठतापुर्वक सेवा दिने कुराको अपेक्षा गरेको नेपाल रेडक्रस सोसाइटी जुम्लाका कार्यवाहक सभापति जगदीश चौंलागाईले बताए।

उनले भने; सामान खरिद गरेको करिव १ वर्ष भयो। सामान खरिद गरेर वडामा पनि उपलब्ध गराएका छौं। अझै छुटपुट र केही आवश्यक रहे नेपाल रेडक्रस सोसाइटीद्वार उपलब्ध गराईने उनले प्रतिबद्धता व्यक्त गरेका छन्।

लामो समयदेखि परिकल्पना गरेको काम आज आएर सुरुवात गरेको चन्दननाथ नगरपालिकाका मेयर राजु सिंह कठायतले बताए। सेवा केन्द्रको उद्घाटन गर्ने अवसर मिल्दा नगरपालिका परिवार हर्षित रहेको उनको भनाइ छ।

उनले भने; हामी उपलब्ध भएका सामानको संरक्षण गर्ने छौं। साथै अब बिपदका बेला हाम्रा नगर प्रहरीहरुले यसको तालिम लिएर सहि तरिकाले प्रयोग गर्ने छन् भन्ने आशा लिएका छौं।

प्रकाशित मितिः   २०८२ असार १८ at 6:36 pm 

  • कमेन्ट (Comment)