तिला नदीको कालिकोट खण्डमा पौडी खेलिरहेका एक किशोर बेपत्ता

कालिकोटको तिलागुफा नगरपालिका- ६ स्थित तिला नदीमा पौडी खेल्न गएका एक १५ वर्षीय किशोर बेपत्ता भएका छन्। तिलागुफा नगरपालिका-७ घर भइ हाल वडा नम्बर -६ को गाल्जेमा होटेल व्यावसायी गरि बस्ने रुपकौडा बमका छोरा अन्दाजी १५ वर्षीय हिक्मत बम बेपत्ता भएका हुन्।

मंगलबार दिउँसो साढे २ बजे तिला नदीमा पौडी खेल्न गएका बम डुबेर बेपत्ता भएको इलाका प्रहरी चौकी गाल्जेले जनाएको छ।

बेपत्ता भएको जानकारी पाउनासाथ खल्लागाड प्रहरी चौकीबाट सहायक प्रहरी निरीक्षक रकविर केसीको कमाण्डमा २ जना र इलाका प्रहरी चौकी गाल्जेबाट प्रहरी हवल्दार गगनबहादुर रावतको कमाण्डमा ३ जनाको टोली घटनास्थलतर्फ गएको थियो।

बेपत्ता किशोरको खोजीकार्यका लागि दिउँसो ४ बजे जिप्रका कालीकोटबाट प्रहरी निरीक्षक प्रकाश केसीको कमाण्डमा ७ जनाको टोली र आश्रित गुल्म कालीकोटबाट कालीबहादुर रोकायको कमाण्डमा ७ जनाको टोली खोजतलासका लागि घटनास्थलमा खटाइएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।

प्रकाशित मितिः   २०८१ जेष्ठ १६ at 8:21 am 

  • कमेन्ट (Comment)