मेरो माया हराएको त्यो राजधानी सम्झिन्छु
धोका दिने धोकेबाज अनि बैमानी सम्झिन्छु
उसले मलाई आज सजिलै बिर्सेर गए पनि
म दिन रात उसले दिएको निशानी सम्झिन्छु
अतितलाई भुल्न कहाँ सकिदो रहिछ महोदय
मेरो शिरमा उसको हातको सिरानी सम्झिन्छु
खोल्टे फेर्दा फेर्दै रातहरू कटाउँदैछु अचेल
तिमीसँग रात भरि गरेका कुराकानी सम्झिन्छु
म मरि रहेको छु बारम्बार मन भित्रै रेटिएर
उदास लाग्छ जब टुटेको जिन्दगानी सम्झिन्छु
तिम्रो पर्खाइमा पर्खिदा पर्खिँदै जीवन सकियो
हाम्रो प्रेमलाई मुना मदनको काहानी सम्झिन्छु
दलबहादुर नेपाली/जुम्ला । २०८१ असार १५