जीवन एक यात्रा हो, जहाँ अनेक उकाली ओराली हुन्छन्। यात्राका लक्ष्य अनेक हुन सक्छन्। मानिस लक्ष्य पूरा गर्नका लागि हिँड्छ। यात्राको उदेश्य हुन्छ तर सिमा हुँदैन। जस्तै देश, विदेशको, आफ्नै परिवेशको यात्रा अनि आफ्नै भौगोलिक सिमानाको यात्रा। यस्तै मध्येको एक यात्रा थियो, ०८ चैत १६ गतेदेखि चेत २२ गतेसम्म कर्णाली प्रदेशमा अवस्थित नेपालको रमणीय स्थानमा रारातालसम्म गरिएको यात्रा।
मैले पढाइरहेको श्री जय भद्रकाली आधारभूूत विद्यालयमा जहाँ मिलनसार, सहयोगी साथीहरुका साथै कुुनै कार्यमा सामूिूहकताको भावना छ। एक दुुईदिनको विद्यालयको छुुट्टि भएको समयमा यात्राको विषयमा छलफल भई स्थान छनोट गरी टिम मिल्ने यात्रा तय गरिहाल्ने परिपाटी बसेको छ। यसै अनुुरुप यो वर्ष रारा जाने भन्ने योजना बमोजिम हाम्रो यात्रा सुुरु हुन्छ।
साँच्चै भन्नुु पर्दा रारा सुुन्दै आनन्द आउने ठाउँ हो। कतै यो ठाउँमा पुुगिन्छ त! भन्ने कल्पना मात्र थियो। तर साँच्चै योजना अनुुसार रारा जाने नै भइयो। रारासम्मको यात्रा सुरु गर्ने दिन नजिकिँदै गर्दा मन फुुरुङग हुँदै थियो। यस्तैमा जाने दिन पनि आयो।
विहान ५ बजे तयारी हुन भनिएको थियो। बेलुुका नै झोलामा आवश्यक सरसामान तयार गरेर सुुतेको १२ बजे सम्म निन्द्रै लागेन। भोलि हुन लागेको यात्राको कल्पनाले होला, सायद। मनमा अनेक कुराहरु खेल्न थाले। विहान ४ः३० बजेको अर्लामले बिउँझायो र तयार भएर बसेँ। अनि हाम्रो यात्रा सुुरु भयो बिहान ५ः३० बजे। हाम्रो टिममा बासुुदेव सर, विना मिस, सानुुमाया मिस, कल्पना मिस, साल्दीदी, ध्रुुव सर, प्रजुुल सर, म र ड्राइभर भाइ गरेर ९ जना थियौं।
बाटोमा रमाइलो गर्दै यात्रालाई यादगर बनाउने कोेसिस गरिरहेका थियौं। करिव ११ बजे तिर चितवन पुग्यौं। चितवनबाट पश्चिम जाने बाटो बनिरहेकाले धुुँवा, धुुलोको कुुइरीमण्डल हेर्दै अघि बढ्यौं। एक बजे तिर खाना खायौं। तराईको गर्मीले उकुुस मुुकुुस हुँदै बिहान लगाएका बाक्ला लुुगा थन्काउदै यात्रा अघि बढ्यो। तराईको रापिलो घामले होला सबैका अनुुहार बिग्रिएका थिए।
विद्यालयका हेडसर बासुुदेव सर अगाडि सिटमा बस्नुु भएको थियो। उहाँलाई यात्रा गर्न मन पर्ने तर स्वास्थ्यको कारणले धेरैै सजग बन्नुु पर्ने थियो। उहाँ डाइबेटिजको बिरामी, त्यस माथि यस पालिको यात्रा हुनुु भन्दा ४५ दिन अघि देखि डा. दिलजान मन्सुुरको सल्लाह बमोजिम कार्वोहाइडेट नखाने र प्रोटिन युुक्त खाना मात्रै खानुपर्ने अवस्था आएको थियोे।
उहाँले खाना नखाए पनि अन्य प्रोटिन युुक्त खानाबाट उहाँ फूर्तिलो नै देखिनुुहुन्थ्यो। उहाँ बेला बेलामा तुुक्का हान्दै, रसिक गफ गर्दै र अरु सर मिसले तुुक्का थप्दैै यात्रा रमाइलो गराउनुु हुन्थ्यो। गर्मी खेप्दै अघि बढिरहेका थियौं। रातको ११ बजे कोहलपुुर पुुग्यौं। भेरी गेस्ट हाउसमा खाना खाएर १ः३० मा सुुतेर पहिलो दिनको यात्रा सकायौं। अबको यात्रा तराइ हुँदै हिमालसम्मको थियो। अर्थात् आँप फल्ने ठाउँबाट सुरु भएको यात्रा सुन्तला फल्ने ठाउँ हुँदै स्याउ फल्ने ठाउँसम्मको थियोे।
भोलिपल्ट छ बजे कोहलपुुरबाट सुुरु भयो। ९ बजे सुुर्खेत पुुगेर खाजा खाएर दैलेखको बाटो हुँदै अघि बढ्यौं। डाँडाकाँडाले घेरिएको, गुुराँसले ढकमक्क ढाकेको गुुराँसे डाँडामा केहिबेर बसेर फोटो खिच्यौं। यात्राको सबैभन्दा सुन्दर पक्ष भनेको सुन्दर फोटो खिचाउनु पनि हो। पछि त फोटोहरु छानी छानी सामाजिक संजालमा पोष्ट समेत गरिन्छ। यात्रा जारी गरियो। पहाडको बाटो, ठाउँ ठाउँमा बाटो निर्माण भइरहेको थियोे।
पहाडलाई विकासले अलि ढिलो मात्रै स्पर्श गर्यो, सायद। त्यसैको चपेटामा हाम्रो यात्रा पनि परिरहेको थियोे। हामी केहिबेर रोकिदै सुुस्ताउँदै ठाडा भिरलाई नियाल्दै अघि बढिरहेका थियौं। हेडसरले त्यो ठाउँका बारेमा गुुगलबाट धेरै जानकारी लिनुुभएकोले उहाँका कुुरा सुुन्दै अघि बढ्यौं। ड्राइभर भाइ पनि हेडसरको कुुरा सुुनेर मख्ख थिए। सरले बाटाको बारेमा धेरै कुुरा भन्दा ढुुक्क थिए।
ड्राइभर भाइ भर्खरका ३१ वर्षे ठिटो, रसिलो कोही कोही बेला उट्पट्याङ गर्ने। ठाउँ अनुुसार ड्राइभिङ गर्न सिपालुु रहेछन्। बाटो हेर्दा आङ जिरिङ जिरिङ हुन्थ्यो तर पनि यात्रा गर्नुु नै थियो। रारा पुुग्ने उत्साहले बाटोका कठिनाईहरु एक छिनमा भुलिजान्थ्यो।
ड्राइभर भाइले नथाकिकन गाडी चलाउँदा दोस्रो दिन राती ९ बजे हामी नाग्म पुग्यौं। राती खाना खाने बेलामा करिब १०ः ३० बजे हेडसरलाई बिसन्चो भयो। गाडीको लामो यात्रा बिरामी मान्छे खानपिनको तरिका नमिलेर होला भन्ने आशंका गर्यौं। सरलाई निकै गाह्रो बनायो। हामी भित्रभित्रै आत्तिएका पनि थियौँ। अपरिचित ठाउँ थियो। स्वस्थ्य चौकी कता छ, थाहा थिएन। रातको समय थियो। त्यही पनि खाना खाएर औषधी खाएर सुुत्नुुभयो। मनमा डर बोकेर हामी सरसँगै सुुत्यौँ। निद्रा आएको थिएन बिस्तारै सर निदाउँनुु भएको थाहा पाएर हामी पनि निदायौं। बिहान ५ बजे तिर सबैको आँखा खुुल्यो। सर बिरामी हुनुुभएको कुुराले सरलाई बौलायौं। सरलाई फ्रेस देख्यौं। सबै खुुसी हुँदै खाजा खाएर तेस्रो दिनको गन्तव्य सुरु गर्यौं।
बाटो उस्तै उकालो ओरालो धुुलो खाल्टा खुुल्टी थियो। तर पनि हामी राराको सुुन्दर दृश्यको कल्पना गर्दै कहिले रारा पुुग्ने भनेर आतुुर थियौं। कयौं घुुम्ती, पहाड, डाँडाकाँडा काट्दै हामी सल्लेरी पुुग्यौं। सल्लेरीमा खाना खाएर केहीबेर आराम गर्यौं। गाडी सल्लेरी देखि अगाडि नजाने भएकाले त्यहाँ भन्दा अगाडिको यात्रा घोडाबाट केही परसम्म गर्यौं। त्यसपछि पैदल यात्रा सुुरु भयो।
हामी पैदल यात्रा गर्दै अगाडि बढिरहेको बेलादेखि नै राराको सुुन्दर मनमोहक दृश्य देखिन थाल्यो। थकित भएको शरीरलाई राराको सुन्दर दृश्यले हर्षित र आनन्दित तुल्यायो। एकाएक मन चंगा भयो। त्यही दृश्यलाई कैद गर्दै फोटो खिच्दै हामी कल्चरल रिर्सोट होमस्टेमा बस्ने भयौं।
रारा अरुबेला पनि चिसो हुने ठाउँ हो। हिमालको काखमा भएको हिमाली भेगकको समुद्रजस्तो रारामा पानी परेर त्यसदिन झनै चिसो भएको थियो। चिसोलाई काट्दै आगो ताप्दै त्यहाँ भक्तपुुरबाट अरु पनि आउनुुभएका मानिसहरुसँग रमाइलो गफ गर्दै बस्यौं। कल्चरल होम स्टेमा पाहुनालाई धेरै राम्रो सत्कार हुने रहेछ।
चौथो दिनको बिहानीसँगै हामी मुुर्मा टप लाग्यौं। चिसो मौषम बिहानको झुुल्किदै गरेको मिठो घाममा हाम्रा पाइला अघि बढिरहेका थिए। राराको दृश्य देख्दा स्वर्ग पुुगेको महसुुस भएको थियो। वरिपरि हिँउले ढाकिएको पहाड, बीचमा कलकलाउँदो स्वच्छ पानीको दृश्यसँगै हरियो वनमा हामी अघि बढिरहेका थियौं। ध्रुव सरलाई हिँड्न गाह्रो भएर अगाडि जान सक्नुुभएन। हामी ध्रुवसरलाई छोडेर अगाडि बढ्यौं।
बाटोमा हिँउ खेल्दै फोटो खिच्दै अन्तत हामी १० बजेतिर मुुर्मा टप पुुग्यौँ। त्यहाँबाट देखिएका दृश्यहरु बयान गरेर साध्यै छैन। नेपाल प्राकृतिक सम्पदामा धनी छ भन्ने कुुरामा त्यस दृश्यले प्रमाणित गरिदिएको थियोे। मनमा लागिरह्यो यस्ता अनेकौं ठाउँमा घुम्न बाँकी नै छ।
निलो आकाश छानो बनेर बसेको नजिकै वरिपरि हिँउ नै हिँउले ढाकेको सेतो पहाड, बीचमा निलो स्वच्छ पानीमा रानी जस्तै बनेर बसेकी राराको त्यो दृश्यले मन फुुरुङ्ग थियो। थकाई एक निमिसमै मेटिजान्थ्यो। सबै थकान बिर्सिएर रारामा हामी हराएका थियौं।
चराचुुरुङ्गीको चिरबिर, हावाले सुुस्केरा हालेको र पानीको कलकल आवाजमा हामी डुुबेका थियौं। त्यहाँका सुुन्दर दृश्यहरुलाई तस्विरमा कैद गर्यौं। हामीलाई त्यहाँ छोडेर आउनै मन थिएन। तर भोक लागेको थियो। त्यहाँ खाने बस्ने ठाउँ थिएन। फर्किएर पुुरानो बस्ने ठाउँमा आई पुुग्नुुपर्ने भएर हामी हिँड्यौ। जाँदा सास फुल्लिने उकालो थियो। फर्किदा ओरालो बाटो हिँड्नु पर्यो। थकानको बेला ओरालो हिँड्न झन् गाह्रो हुने रहेछ।
बिस्तारै बिस्तारै हिँड्दै फोटो खिच्दै हामी राराको किनारामा आइपुुग्यौं। त्यहाँको मनमोहक दृश्यलाई सङ्गाल्दै बिना म्याम र हेड सरले कविता वाचन गर्नुुभयो। रमाइलो गर्दै हामी डाँफे रिर्सोटमा आईपुुग्यौं। डाँफे रिर्सोटमा आएर खाजा खायौं। केहीबेर आराम गर्यौं।
हामीले काठमाडौंबाट भ्रमणका लागि योजना बनाएर आएका मुुख्य गन्तव्य रारा तालको सफलतापूूर्वक अवलोकन भ्रमण सकेर अब हामी काठमाडौं। फर्कनुपर्ने समय भएको थियो। भोलीको बाटो छोट्याउनका लागि हामी त्यस ठाउँलाई छोडेर अगाडि बढ्दै सल्लेरीमा बास बस्ने निर्णय गर्यौं।
पाचौँ दिन राराबाट बिदा हुँदै अगाडि बढ्यौं। ठाउँ ठाउँमा नयाँ सडक बन्दै गरेकाले बाटो अफ्ठ्यारो थियो। खोला तर्ने क्रममा हाम्रो गाडीको स्टार्ट बन्द भयो। ड्राइभर गुुरुको निर्देशन अनुुसार हामी सबैजना आर्लिएर गाडी धकेल्यौं। गाडी स्टार्ट भयो। अगाडि बढ्ने क्रममा हामी जुुम्ला आइपुुग्यौं। जुुम्लामा बिना म्यामको साथीसँगको भेट भयो। थोरै कुुराकानी पछि अर्गानिक मार्सी चामल, स्याउको सुुकुटी, सिमीको दाल किन्यौं र कालीकोटतिर अघि बढ्यौं। त्यो दिनको बास मान्मामा भयो।
छैटौं दिन मान्माबाट सुर्खेत हुँदै कर्णालीपुुलको दृश्य हेर्दै बर्दिया राष्ट्रिय निकुुञ्जको अवलोकन गर्दै साँझमा दाङको लमहीमा बस्यौं। भोलिपल्ट बिहान दाङबाट काठमाडौं आइपुगेर जीवनको एक अविस्मरणीय महत्वपूर्ण यात्रा पूरा भयो।
यात्रामा असाध्यै रमाइलो भयो। निकै आनन्ददायक यात्रा सम्पन्न भयो। समय समयमा यस्ता यात्रा गर्नुपर्ने रहेछ। जसले आफ्नो देश र आफ्नो देशको भूगोलसँग सामिप्यता बढाउने रहेछ। साथै देश चिन्न सकिने रहेछ। विभिन्न भूगोलमा बसोबास गर्ने मान्छेको रहनसहन पनि चिन्न सकिने रहेछ।
यो पालिको यात्राले हामीलाई कर्णाली चिन्ने अवसर जुरायो। कर्णाली मुहान भएर बगेको कर्णाली नदीले कोरेको तराईसम्मलाई समेत चिन्ने अवसर जुर्यो। मुख्य गरि यो अवसर हामीलाई हाम्रो विद्यालयले जुरायो। यस्तो परम्परा बसाल्ने हाम्रो विद्यालयप्रति आभारी छु।
(लेखक जय भद्रकाली आधारभूत विद्यालय बूढानीलकण्ठ, काठमाडौंका शिक्षक हुनुहुन्छ।)
लोकमणी सापकोटा । २०८१ बैशाख ३०