सल्यानमा लोपोन्मुख अजिङ्गर फेला परेको छ । सल्यानको छत्रेश्वरी गाउँपालिका–३ रानाघर नजिकै खारखोला–नुवागाउँ–कोर्बाङ सडकमा ठूलाे अजिङ्गर फेला परेको हो ।
खारखोला–नुवागाउँ–कोर्बाङ सडकमा अजिङ्गर भेटिएपछि स्थानीय त्रसित भएका छन् । स्थानीय अहिले उक्त सडकमा हिँड्न छाडेका छन् ।
मोटरसाइकलमा घरतिर जाँदै गर्दा नुवागाउँमा सडकको घारीतिर घाँस भएको स्थानमा अजिङ्गर देखेको करण पुन मगरले बताए । ठूलो अजिङ्गर देखेपछि मोटरसाइकल छाडेर भागेको उनले जानकारी गराए । ठूलो जंगलमा पाइने अजिङ्गर कहाँबाट आयो भन्ने थाहा नभएको उनको भनाइ छ ।
अजिङ्गर ठूलो रहेको र यसले मान्छेसमेत खान सक्ने भएकाले उक्त सडक खण्डमा आउजाउ गर्ने स्थानीयको ज्यान जोखिममा परेको स्थानीय राजबहादुर बुढाथोकीले बताए ।
अजिङ्गर तत्काल उद्धार गरेर सुरक्षित स्थानमा लगेर छाड्न सम्बन्धित निकायसँग आग्रह गरिएको उनले जानकारी गराए ।











कनका खबर । २०८३ कार्तिक ९