सुन सुन साना साना नानीबाबू सुन
थोरै खेल धेरै पढ असल मान्छे हुन ।
घुम्न जाँदा बजारतिर बाबाआमासँग
च्याप्प सामान समाएर हुँदैन है रुन ।
खाडी देश पुगेका छन् कति बाआमा
बगाउन तिम्रै लागि पसिना र खुन ।
पढाइ लेखाइ राम्रो गर उमेरमै तिमीले
सजिलो त कहाँ छ र ? चन्द्रमालाई छुन ।
उमेरसँगै सानातिना काम गर्न नि सिक
अबदेखि आमालाई नलाऊ लुगा धुन ।
अब्जस नलाऊ आमालाई कहीँ कतै पनि
कहिलेकाहीँ तरकारीमा चर्को हुँदा नुन ।
भविष्यको असल मान्छे तिमी नै त हौ नि
नबिर्स है बाआमाले लगाएको गुन ।
शान्ता पौडेल भट्टराई । २०८१ जेष्ठ १९