
फाइल तस्बिर
आगोको धुँवाले निस्सासिएर जुम्लामा सुत्केरी सहित दुई जनाको मृत्यु भएको छ।
सुत्केरीलाई सेक्न बालिएको आगोको धुँवाले निस्सासिएर पातारासी गाउँपालिका–४ की ११ दिनकी सुत्केरी २२ वर्षीय मायालक्ष्मी महतारा उनकी बहिनी नाता पर्ने १९ वर्षीय जुनमाया रोकायाको पनि मृत्यु भएको हो।
चन्दननाथ नगरपालिकाको कालेखोलीमा बस्दै आएका उनीहरु आगोको धुँवाले निस्सासिएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लिइएको थियो।
उपचारकै क्रममा ११ दिनकी सुत्केरी मायालक्ष्मी महताराको सोमबारनै मृत्यु भइसकेको थियो।
मंगलबार बिहान बहिनीको मृत्यु भएको डीएसपी छेदिलाल कामतीले बताए।
‘सुत्केरी दिदिलाई सघाउन बहिनी आएकी रहेछन्। सँगै सुतेको अवस्थामा धुवाँले निस्सासिएका हुन्,’ उनले भनिन्, ‘उपचारको क्रममा मंगलबार विहान ६ बजे मृत्यु भएको हो। अहिले शवको पोष्टमार्टम प्रक्रिया भइरहेको छ।’
उनका अनुसार निस्सासिएर ११ दिनको बच्चा समेत बिरामी छन् भने हाल बच्चाको प्रतिष्ठानको आइसीयुमा उपचार भइरहेको छ।
सोमबार बिहान अबेरसम्म नउठेपछि आफन्तले ढोका फोडेका थिए। उनीहरू निस्सासिएको अवस्थामा भेटिएका प्रहरीको भनाई छ।
यो पनि पढ्नुस्











प्रकाश उपाध्याय । २०८१ साउन ८