कक्षा १२ को परीक्षा आगामी वैशाख १२ देखि

 

यस वर्षको कक्षा १२ को परीक्षा २०८२ वैशाख ११ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा तालिका आज सार्वजनिक गरेको छ। बोर्डका अनुसार देशभर एकैसाथ परीक्षा सुरु हुने छ ।

वैशाख २२ गते सम्म सञ्चालन हुने परीक्षा बिहान ८ बजेबाट सुरु हुनेछ । परीक्षा सुरु भएको १५ मिनेटपछि परीक्षा हलमा आउने परीक्षार्थीलाई परीक्षामा सहभागी नगराइने बोर्डले जनाएको छ ।

प्रकाशित मितिः   २०८१ फाल्गुन २ at 9:44 pm 

  • कमेन्ट (Comment)