बजारमा खाना पकाउने एलपी ग्यासको अभाव नरहेको र नियमित माग धान्न सक्ने गरी आयात भइरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्पष्ट पारेको छ।
विभिन्न माध्यमबाट ग्यास अभावका खबर सम्प्रेषण भएपछि मन्त्रालयले विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएको छ। अघिल्ला वर्षको यसै अवधिको तुलनामा हाल पर्याप्त परिमाणमै ग्यास आयात र वितरण भइरहेको मन्त्रालयले जनाएको छ।
साउन महिनादेखि पुनः भरी सिलिन्डर वितरण प्रारम्भ गरिएपछि ग्यासको मागमा एकाएक वृद्धि भई बजारमा केही असहजता सिर्जना भएको मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। मन्त्रालयले पर्याप्त आयात सुनिश्चित गर्न नेपाल आयल निगम र कूटनीतिक पहललाई निरन्तरता दिइरहेको तथा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमार्फत बजार अनुगमनलाई तीव्र बनाएको जनाएको छ।
ग्यास वितरणको असहजता केही दिनमा पूर्ण रूपमा समाधान हुने भएकाले अफवाह र भ्रमपूर्ण सूचनाको पछि नलाग्न, आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक सञ्चय नगर्न मन्त्रालयले उपभोक्ताहरूसँग अनुरोध गरेको छ।
ग्यासमा कृत्रिम अभाव र कालोबजारी गरे कडा कारबाही गर्ने मन्त्रालयको चेतावनी बजारमा खाना पकाउने एलपी ग्यासको अभाव नरहेको र नियमित माग धान्न सक्ने गरी आयात भइरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्पष्ट पारेको छ। विभिन्न माध्यमबाट ग्यास अभावका खबर सम्प्रेषण भएपछि मन्त्रालयले विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएको छ। अघिल्ला वर्षको यसै अवधिको तुलनामा हाल पर्याप्त परिमाणमै ग्यास आयात र वितरण भइरहेको मन्त्रालयले जनाएको छ। साउन महिनादेखि पुनः भरी सिलिन्डर वितरण प्रारम्भ गरिएपछि ग्यासको मागमा एकाएक वृद्धि भई बजारमा केही असहजता सिर्जना भएको मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। मन्त्रालयले पर्याप्त आयात सुनिश्चित गर्न नेपाल आयल निगम र कूटनीतिक पहललाई निरन्तरता दिइरहेको तथा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमार्फत बजार अनुगमनलाई तीव्र बनाएको जनाएको छ। ग्यास वितरणको असहजता केही दिनमा पूर्ण रूपमा समाधान हुने भएकाले अफवाह र भ्रमपूर्ण सूचनाको पछि नलाग्न, आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक सञ्चय नगर्न मन्त्रालयले उपभोक्ताहरूसँग अनुरोध गरेको छ।











कनका खबर । २०८३ साउन १९