प्रतिनिधिसभाको बैठकमा निरन्तर उठाएका विषयमा सरकार गम्भीर नभएको भन्दै विपक्षी दलले विरोध जनाएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठक सुरु हुने बितिकै विपक्षी सांसदहरुले आफूहरुले यसअघि उठाएका सीमा लगायतका अन्य विषयमा सरकारले कुनै चासो नदिएको भन्दै उठेर विरोध जनाएका हुन् ।
विपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख डोल प्रसाद अर्यालले कांग्रेस सांसद खडक बहादुर बुढालाई बोल्न समय दिएका थिए ।
सांसद बुढाले सरकारले कानुनी राज्य र सुशासनको धज्जी उडाएको आरोप लगाए ।राहदानी छपाइ खरिद प्रक्रियामा आर्थिक अनियमितता भएको कुरा बाहिर आएको भन्दै उनले यसको निष्पक्ष र कानुनसम्मत छानबिन हुनुपर्ने माग गरे ।











कनका खबर । २०८३ असार १८