रसुवा बाढीबाट प्रभावित नेपाललाई आवश्यक सबै सहयोग गर्ने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रसुवामा आएको विनाशकारी बाढीका कारण पीडामा परेको नेपाललाई आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउन अमेरिका तयार रहेको बताएका छन् ।
ट्रम्पले अमेरिकी प्रशासनले नेपालका नेतृत्वसँग सम्पर्क गरिरहेको र विपद्मा आवश्यक सहयोगका लागि तयार रहेको बताएका हुन् ।

अमेरिकी समाचार संस्था एनबीसी न्यूजका अनुसार बिहीबार ह्वाइट हाउसमा आयोजित लेक ओन्टारियोको नाम परिवर्तनसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गर्न आयोजना भएको समारोहपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै ट्रम्पले नेपाललाई सहयोगको प्रतिबद्धता व्यक्त गरेका हुन् ।

‘हामीले नेपाललाई फोन गरेका छौं र उनीहरूलाई आवश्यक पर्ने जुनसुकै सहयोग उपलब्ध गराउने प्रस्ताव गरेका छौं । नेपालको नेतृत्वसँग हाम्रो राम्रो सम्बन्ध छ,’ ट्रम्पले भनेका छन् ।

उनले नेपालमा बाढीले निम्त्याएको क्षतिलाई ‘असाधारण’ भन्दै शक्तिशाली हिलो र पानीको भेलले बलिया तथा पक्की भवनसमेत ‘टुथपिक’ जस्तै बगेको बताए ।

प्रकाशित मितिः   २०८३ भाद्र १२ at 7:24 am 

  • कमेन्ट (Comment)