हुम्लाको चंखेली गाउँपालिका–२ स्थित बागेढुंगा सामुदायिक वनको मिमि पाटनमा कटुको जडीबुटी संकलन गर्न गएका मुगुका स्थानीयमध्ये दुई जना अझै सम्पर्कविहीन छन्।
१३ जनाको समूहमा गएका उनीहरूमध्ये सात जना सम्पर्कमा आएका छन् भने एक जनाको हिउँमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ।
सम्पर्कविहीन हुनेमा मुगुको मुगुम कार्मारोङ गाउँपालिका–९ का ३६ वर्षीय ललितजंग बढुवाल र २६ वर्षीय अंख रोकाय रहेका छन्।
उनीहरू अझै सम्पर्कमा नआएको जानकारी गाउँपालिकाले जिल्ला प्रहरी कार्यालय मुगुलाई गराएको छ।
मुगुम कार्मारोङ गाउँपालिका–९ पापुका २२ वर्षीय गणेश बुढाको भने हिउँमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी रविराज थपलियाले जानकारी दिए।











कनका खबर । २०८३ असोज १२