
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड जुम्लाले बैंकको ६१ औं वार्षिकोत्सवको अवसरमा जुम्लाको चन्दननाथ नमुना माध्यमिक विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावकहरुलाई वित्तीय साक्षरता कार्यक्रम प्रदान गरेको छ।
पछिल्लो घटनाक्रमलाई नियाल्दा बैंकिङ कारोवार सम्बन्धी पूरा ज्ञान नभई ठगी धन्दा गर्नेहरुको सिकारमा धेरै जसो ग्राहकहरु पर्ने भएकाले सो कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड जुम्ला शाखाका शाखा प्रबन्धक भवानी प्रसाद पौड्यालले बताए।
ठगी गर्ने हरुले बैंकका आधिकारिक कागजपत्रको नक्कल छपाई बोनस दिने जस्ता झुठा प्रलोभन देखाउने गरेको देखिएको पौड्यालले बताए।
उनले भने: आधुनिक युगमा बैंकिङ कारोवार सम्बन्धी सबै जानकार हुनु पर्ने भएकाले विधार्थी, शिक्षक तथा अभिभावकलाई सुसुचित गराउन अति आवस्यक देखिन्छ।
विधार्थीहरुले आफु सिकेर अभिभावकलाई समेत बुझाउने भएकाले यो कार्यक्रम विधार्थीहरु माझ राखिएको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड जुम्ला शाखाकी सहायक शाखा प्रबन्धक अन्जना गिरि के बताईन।













विश्व प्रकाश । २०८२ माघ ९