महिला शृष्टि र स्नेहका मुहान हुन। महिला सहनशीलताका प्रतिक हुन। आधा आकाश आधा धर्तीका हकदार हुन। महिला जननी र आमा हुन। उनै महिलाबाट जन्मिएका हामी मानव हौं।
यदि आमाको कोख नभइदिएको भए सिङ्गो मानव समाजको अस्तित्व यो पृथ्वीमा सम्भव थिएन।
हामी मानवहरू महिलाकै कोखमा बस्यौं स्तनपान गर्यौं र हुर्कियौं। यसो भनौं किन मानव समाजको जीवन आरम्भ नै महिलाको कोखबाट र आमाको काख नै हो।
महिला शब्द आफैंमा जीवनको एक गतिशीलता र विश्व रचनाको प्रतिक हो। परन्तु जसको नियत बच्चा जन्माउनु र दुधे बालकलाई काखी च्यापेर आफ्नो रगतले धोइदिनुको परिमाण बालकको जुङ्गेरेखि बसेपछि त्यसैबाट फेरि लुटिनु, अपमानित हुनु नियती जस्तै बनेको छ।
महिला शब्दलाई जीवन गतिशीलताको प्रतिक मनिन्छ। तर यही शब्दलाई डस्बिनमा फालिएको छ।
महिलाहरू बलात्कारको सिकार बन्नुपर्ने, मुखमा ताला लगाउनुपर्ने, समाज र संस्कारको कारागारमा थुनिनुपर्ने, आफ्ना इच्छा चाहनाहरूलाई मनमै कैद गर्नुपर्ने, गालीगलौज घृणा र अपमान सहनुपर्ने, अवस्थाबाट गुज्रिनु पर्ने स्थिति छ।
महिला हुनुकै कारण डङ्किनी, बोक्सीनी र थाङ्ग्ने भनाइ खेप्नुपरेको त्यही थाङ्ग्नेका थाङ्ग्नामा सुसु गरेकाहरुले निरन्तर अपमान गरिरहेका छन्।
एउटा महिला खुलेर हाँस्न बोल्न प्रतिबन्ध छ। निरन्तर पुरुषको लात्ति, मुड्की सहनुपर्ने फेरि भोलि बिहान आफ्नो अस्तित्व साटेर कुनै संकोच नराखी मुस्कुराउनु पर्ने अवस्था छ।
कमला महर । २०८१ बैशाख ३१