मुगु । रारा तालको छेउमा रहेको डाँफे होटेलमा बुधबार राति आगलागी भएको छ । काठको संरचनाले बनेको ४ वटा भवनमा राति १२ बजेतिर आगलागी भएको नेपाल प्रहरिले बताएको छ ।आगो नियन्त्रणका लागि निकुञ्ज सुरक्षाका लागि खटिएका नेपाल प्रहरी नेपाली सेना,निकुन्ज रक्षक र शसस्त्र प्रहरी खटिएको थियो ।
राति १२ बजे नेपाल प्रहरी हवल्दार विक्रम बहादुर विष्टलाई नेपाली सेनाले राराको होटेलमा आगलागी भएको जानकारी गराएपछि जिल्ला सदरमुकाम गमगढिबाट प्रहरी नायब निरीक्षक दिपक केसीको नेतृत्वमा १५ जना प्रहरी टोलि घटना स्थलमा पुगेको थियो ।
हवल्दार विष्टलाई रारामा रहेका प्रहरीले दिएको जानकारी अनुसार होटेलको भान्साबाट आगलागी सुरु भएको थियो । भान्सामा रहेका खाना पकाउने ग्यास पड्कदा अन्य ३ वटा भवनमा समेत आगो सल्केको र चार वटा काठका भवन पूर्णरुपमा क्षेतिग्रस्त भएका छन ।
रारा घुम्न आएका १०० जना भन्दा बढी पाहुनालाई होटलबाट उद्दार गरि प्रहरी,सेना र सशस्त्र प्रहरी ले नजिकै रहेका माझघट्टका होटेल, नेपाली सेनाको ब्यारेक,निुकञ्ज कार्यालयमा सारिएको थियो ।
४ वटा भवन,त्यहा रहेका होटेलका सामानहरु पूर्ण रुपमा जलेर नस्ट भएकाले करोडौ बढिको क्षती भएको प्रहरीले अनुमान गरेको छ । प्रहरी अहिले पनि घटना स्थलमै रहेकाले स्थलगत मुचुल्का पछि एकिन क्षतीको विवरण सार्वजनिक गरिने छ ।
गय राती डाँफे होटेलमा आगलागी भएकोले अब रारा घुम्न आउने पर्यटकहरुलाई रारा ताल किनारमा बास बस्न असहज हुने भएको छ । अब पर्यटकले रारा ताल घुमेर बास बस्न माझघट्ट,लामाचौर,सल्लेरि र मुर्माटप जानू पर्नेछ ।
आगलागी बिहान ३ बजेतिर नियन्त्रणमा आएको थियो । उक्त होटेल निवर्तमान प्रतिनिधिसभाका सदस्य गोपाल बहादुर बमको हो।
मोहन शाही । २०८१ फाल्गुन १५