जुम्लाका हुलाकी र हल्कारा आन्दाेलनमा

तस्बिर : शुभाकर विश्वकर्मा

हुलाक कार्यालय जुम्लामा कायर्यरत हुलाकी आन्दाेलनमा उत्रिएका छन्। नेपाल सरकारले हुलाक सेवामा कार्यरत श्रेणीविहीन तहका कर्मचारीलाई कामकाजबाट हटाउने निणय गरेपछि जुम्लाका हुलाकीहरू आन्दोलनमा उत्रिएका हुन्।

सरकाले लामाे समयदेखि दुर्गममा बसेर न्यून पारिश्रमिकमा काम गरिरहेका कर्मचारीकाे व्यवस्थापन नगरी विना कारण सेवाबाट हराउने निर्णय गरेकाे उनीहरूकाे आराेप छ। देशभर जिल्ला हुलाक कार्यालय अन्तरगत ठुलाे संख्यामा हुलाकी, हल्कारा पदमा कर्मचारी कार्यरत छन्।

जुम्लामा हुलाकीकाे ४७ जनाकाे दरबन्दी छ। तीमध्ये ६ जना हुलाकी स्थायी छन् भने दुई जनाकाे पद रिक्त रहेकाे छ। ३६ जना हुलाकी करार सेवामा कार्यरत छन्। यस्तै हल्काराकाे भने १६ जनाकाे दरबन्दी छ।

जुम्लामा दुई जना हल्कारा स्थायी छन् भने हल्कारा १० करार सेवामा कार्यरत रहेका छन्। जुम्लाले हाल कार्यरत रहेका २५ जना २० जना करारमा सेवारत हुलाकीलाई सेवाबाट हटाउने तयारी गरेकाे छ।

हुलाकी र हल्कारालाई सेवाबाट हटाउने निर्णय फिर्ता लिन आग्रह गर्दै हुलाक कार्यालय जुम्लामा कार्यरत हुलाकी तथा हल्कारा कार्मचरीहरूले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्।

उनीहरूले बुझाएकाे पत्रमा भनिएकाे छ, ‘प्रस्तुत विषयका सम्बन्धमा नेपाल सरकारको निर्णयले हजारौं कर्मचारीहरू मर्कामा परेका छौं। नागरिक सेवाबाट बन्चित हुन बाध्य भयका छन्। देशभरका हामीजस्ता श्रेणी विहीन हुलाकी हल्कारा कर्मचारीहरू सरकारको निर्णयमा असमर्थ छाैं।’

१८ वर्षदेखि हुलाकी पदमा कार्यरत मदनराज न्याैपानेले सरकारकाे निर्णयले वर्षाैंदेेखि कार्यरत कर्मचारी मर्कामा परेकाे बताए। उनका अनुसार निर्णय फिर्ता नलिदासम्म कामकाज ठप्प गरिनेछ।

प्रकाशित मितिः   २०८१ साउन २ at 6:26 pm 

  • कमेन्ट (Comment)