हिमा गाउँपालिकाको मर्चीमा स्वच्छ पानीका ६७ वटा नयाँ धारा थपिएका छन्। बार्खेडाडा खानेपानी तथा सरसफाई आयोजना अन्तर्गत मर्चीका ६७ घरमा नयाँ धारा थपिएका हुन।
शनिबार हिमा गाउँपालिकाको मर्चीका ६७ घरमा निर्वाध रुपमा स्वच्छ पानी पुग्ने धाराको उद्घाटन हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर शाहीले गरेका हुन।
इन्लाइन क्लोरेसन प्रविधि जडान गरि धारामा सुद्धिकरण भई पानी आउने व्यवस्था मिलाइएको हुनाले हिमाबासीको शुद्ध खानेपानीमा पहुँच विस्तार हुँदै गर्दा शनिबार मर्चीबासीले स्वच्छ खानेपानी पाएका गएको अध्यक्ष शाहीको भनाइ छ।
‘हिमा गाउँपालिकाका प्रत्येक घरधुरिमा खानेपानी पुर्याउने लक्ष्य अन्तर्गत मर्ची गाउँमा खानेपानी घारा उद्घाटन गरिएको छ।’
अध्यक्ष शाहीले थपे, ‘यसले मर्चीका बासिन्दालाई खानेपानीको सहजता भएको छ भने यो हिमा गाउँपालिकाको ठूलो उपलब्धि हो।’
सबैका लागि दिगो खानेपानी तथा सरसफाई आयोजना (सुस्वा) द्वारा आयोजनाको निर्माण सम्पन्न भएको हो।
जसमा नेपाल सरकार , युरोपियन युनियन, फिनल्यान्ड सरकार र हिमा गाउँपालिकाको संयुक्त साझेदारीमा धारा निर्माण गरिएको हिमा गाउँपालिका सुस्वा परियोजनाकी वास संयोजक सुमिता शाहीले बताइन्।
उनले भनिन्, ‘सुस्वा आयोजनाको दिर्घकालीन लक्ष्य अन्तर्गत हिमा गाउँपालिका भित्रका प्रत्येक नागरिकलाई इन्लाइन क्लोरेसन सहितको स्वच्छ र गुणस्तरीय खानेपानी पुर्याउने हो।’
महेश नेपाली । २०८१ असार १५