
राष्ट्रिय युवा संघ नेपाल जुम्लाको आयोजनमा चन्दननाथ नगरपालिका -६ मा वृक्षारोपण गरिएको छ।
‘एक युवा पाँच बिरुवा’ भन्ने अभियानका साथ बृक्षारोपण कार्यक्रम गरिएको हो।
नेकपा एमालेका केन्द्रीय सदस्य रतननाथ योगीको उपस्थितिमा वृक्षारोपण कार्यक्रम गरिएको राष्ट्रिय युवा संघ नेपालकि केन्द्रीय सचिव शारदा पछाईंले बताइन्।

‘युवाहरुलाई रचनात्मक गतिविधिमा संलग्न गराउन वृक्षारोपण कार्यक्रम गरेका हौं,’ उनले भनिन्, ‘रोपिएका विरुवाको संरक्षण गर्नु हाम्रो दायित्व हुनेछ।’
वृक्षारोपण कार्यक्रममा युवाहरु र पार्टीका अग्रज नेताहरुको उपस्थिति रहेको थियो।











कनका खबर । २०८१ असार १३