जुम्लाको तिला गाउँपालिकाको देउली पाटनमा चट्याङ पर्दा ८ जना किसानका झण्डै भेडाबाख्रा मरेका छन्।
मंगलबार दिउसो करिब १२ बजेतिर चट्याङ पर्दा तिला-७ का ९ जना किसानका भेडाबाख्रा मरेका हुन्।
तिला -७ पोख्रीका भीम बहादुर रोकाया, लालसिंह रोकाया, काली बहादुर रोकाया, बिर बहादुर रोकाया, बल बहादुर रोकाया, काली बहादुर बोहोरा, नैने बुढा र राम बहादुर रोकायाका भेडा मरेको तिला गाँउपालिकाका अध्यक्ष मोतिलाल रोकायाले बताए।
रोकायाका अनुसार चट्याङ परेको स्थानमा प्रहरी र स्थानीय जाँदै गरेका छन्।
पाटनमा जान करिब ९ देखि १० घण्टा सम्म लाग्ने रोकायाले बताए। उनले भने, ‘घटना स्थलमा पुग्न करिब ९- १० घण्टा सम्म लाग्दछ।’
चट्याङबाट भएको क्षतिको विवरण आधिकारिक प्राप्त भएमा स्थानीय सरकारको तर्फबाट माथिल्लो निकायमा पहल गरिने रोकायाको भनाई छ।
कनका खबर । २०८१ साउन १५