धर्मबारे देउवा, धर्म गौतमबारे गगन

कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाले राजनीतिक पुनरुत्थानका लागि धर्मको घुमाउरो सहारा लिन खोजेका छन् । काठमाडौंमा आइतबार देउवा समूहको भेला समापनका दिन उनले आफूलाई ‘हिन्दू हुँ’ भनेर तीनपल्ट घोषणा गरे ।
आइतबारै काठमाडौंको अर्को कार्यक्रममा कांग्रेस सभापति गगनकुमार थापाले बीपी कोइरालासँगै मेलमिलाप नीति लिएर स्वदेश फर्कने पुराना प्रजातान्त्रिक योद्धा धर्म गौतमको पुस्तक विमोचन गरे । धर्म गौतमलिखित ‘बीपी र विद्रोहका ती दिन’ विमोचनमा सभापति थापाले बीपी र गणेशमान सिंहका विचारलाई केही व्यक्तिले निजीकरण गर्न खोजेको भन्दै आपत्ति जनाए ।

थापाले आज आफूलगायत नेताहरूका भाषणलाई हेडलाइन नबनाइ धर्म गौतमको पुस्तक तथा समग्र योगदानले महत्त्व पाउनुपर्ने तर्क गरे ।

पहिले देउवाकै कुरा गरुँ। समूह भेलामा देउवाले ‘हरेक आस्थाको सम्मान गर्ने आफू हिन्दू रहेको’ घोषणा गरेका थिए। उनी बोल्ने छेकमै धर्मको विषयलाई लिएर उनीपक्षीय नेताहरू विमलेन्द्र निधि र प्रकाशशरण महतबीच बाझो चलेको थियो । बाझ्दाबाझ्दै उनीहरू धर्मका बारेमा अघि सारिएको दस्तावेज लुछालुछ गर्ने तहसम्म उत्रिएका थिए ।
त्यसपछि देउवा र अरु नेताहरुले हस्तक्षेप गर्नु परेको थियो ।

प्रकाशित मितिः   २०८३ साउन ३१ at 8:00 pm 

  • कमेन्ट (Comment)