त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनाले विमानस्थल बन्द भएपछि काठमाण्डौँ अवतरण गर्नका लागेका विमानहरुलाई भैरहवातर्फ डाइभर्ट गरिएको छ।
विमानस्थल बन्द भएको कारण भैरहवा देखि काठमाण्डौँ र धनगढी देखि काठमाण्डौँ आन्तिरक उडान भरेको श्री एयरलाइन्सको दुईवटा विमान भैरहवामा अवतरण भएको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले जानकारी दिए।
‘त्रिभुवन विमानस्थलमा विमान दुर्घटना भएका कारण अवतरण गर्न नपाएका विमानहरु गौतमबुद्ध विमानस्थलतर्फ डाइभर्ट भई अवतरण भएका छन्’ उनले अन्नपूर्ण पोष्ट्सगँ भने, ‘गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल खुल्ला छ र आवश्यक परे हामी अन्तराष्ट्रिय विमानहरु पनि अवतरणका लागि अनुमति दिने तयारी अवस्थामा छौँ।’
त्रिभुवन विमानस्थल बन्द हुदाँ उडान अवतरण प्रभावित भएका छ। अवतरण गर्न लागेको केही अन्तराष्ट्रिय विमानहरु भारतीय आकाशमा ‘होल्ड’ भएका छन्।
कनका खबर । २०८१ साउन ९