तातोपानीमा एमबीबीएस पढ्ने विद्यार्थीलाई दिइने छात्रवृत्तिको निरन्तरता


जुम्लाको तातोपानी गाउँपालिकाले गरिब, जेहेन्दार, दलित तथा अल्प संख्यक विद्यार्थीले एमबीबीएसमा अध्ययन गर्दा प्रति वर्ष एक जना विधार्थीलाई पचास प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने नीतिलाई निरन्तरता दिएको छ।

“गुणस्तरीय शिक्षा र शैक्षिक पुर्वाधार, तातोपानी गाँउपालिका निर्माणको आधार” नारा तय गरेको तातोपानी गाउँपालिकाले अघिल्ला वर्ष झैं छात्रवृत्ति कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिएको हो।

त्यस्तै पालिकाले पालिका क्षेत्रका विद्यायहरुमा शिक्षक तथा विधार्थीहरुको नियमितताका लागि डिजिटल हाजिरकार्यक्रमलाई निरन्तरता दिने भएको छ भने गाँउपालिका भित्रका सबै माध्यामिक विद्यालयहरुमा कम्प्यूटर ल्याव स्थापना गरी माध्यामिक तहका सबै विद्यार्थीहरुलाई कम्प्यूटर शिक्षा अध्ययन गर्नलाई जोड दिने नीति लिएको छ।

शिक्षक विद्यार्थीहरुलाई अनुशासन कायम गर्नको लागि विद्यालय पोशाक र परिचयपत्र अनिवार्य गर्ने नीति लिएको छ भने शैक्षिक क्षेत्रलाई राजनिती हस्तक्षेपमुक्त गराइने नीति लिएको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौलागाईंले बताए।

प्रकाशित मितिः   २०८१ असार १० at 3:07 pm 

  • कमेन्ट (Comment)