[१]
१.
ल्याउन समानता, शोषण विहीनता
गरौँ न अध्ययन, कार्यमा मिहिनता ।
२.
सधैँ हामी नयाँ उत्साह बोकेर
अगाडि लाग्दछौँ रोकिन्न रोकेर ।
रचना शर्मा प्रतीक्षा/ललितपुर
[२]
१.
जालझेल गर्ने रैछन् बगैँचाका माली
तर मार्न पल्किएका चर्का माहाजाली।
२.
जस्तो लाग्छ उस्तै गर छैन करकाप
लादिएका कुराहरू हुन्नन् फलिफाप।
केशवप्रसाद ढकाल ‘प्रीतबीज’/गाेरखा
[३]
१.
भेट्न गएँ उनीलाई, ठान्दै आफूलाई जवान
पुगेँपछि थाहा पाए, रैछिन् नि अर्कैको परान।
२.
चर्को गर्मीको अत्यासमा, राहत दिने शीतल पवन
त्यहीँ मौकामा नै मिठो मायाको आशा गर्ने, लालची मन।
राजेश भट्टराई/रुपन्देही
[४]
१.
कसले बनायो छुवाछुत कसले दियाे जात
दुई जात महिला पुरुष समानताको हात ।
२.
मादल, डम्फु, टुङ्नालाई कसले गायब गरायो
दौरा सुरुवाल र गुन्यु चोलीको महत्व हरायो ।
समिता पौडेल न्यौपाने/चितवन
[५]
१.
वर्षासँगै खुसी आउँछ खुसीसँगै डर
दु:ख सुख जे जे आउला प्रभु तिम्रै भर।
२.
क्षणमै पानी क्षणमै घाम रमाइलो मौसम
धान झुले पिरती फुले होला राम्रो घरजम।
चिरञ्जीवी श्रेष्ठ/धनकुटा
कनका खबर । २०८१ असार ८