कविता: नेपाल प्रहरी

विश्वको सामुमा नेपाल प्रहरीको छवि ज्यादै उच्च भएको थियो
लोकतन्त्र र गणतन्त्र बेलाको छविमा दाग देखिदो छ चन्द्रमामा कै
अनुसन्धान ख्याति प्राप्त नेपाल प्रहरी कसैको जालमा फसेको छ
बुढो सिंह झैं फट्याङ्ग्रा टिप्दै छ ठुला जनावरलाई छाड्दै छ

ओहो ! यन्न पनि यन हच्कने तर यथार्थ यस्तै देखिदो छ
ख्याल रहोस बनेको छवि सुरक्षा त रहोस आच नआओस
ओहो ! रात दिन दुःख कष्ट सहेर जनताका सेवामा तिमी छौ
ठूलाको उपदेश आदेश पालना गरी आफ्‌नो छवि धमिल्याउदै छौ

नोकरी कसैले तिमीलाई दिएको होइन आफ्नो योग्यताले पाएका छौ
जनतालाई मुस्कान सहितको सेवा दिइ जनताको करबाट वेतन पाएका छौ
कसैको दवावमा नपरी स्वच्छ भएर नेपाल प्रहरीको नाम राख
नेपाल प्रहरीको संस्थागत बलियो पारी जनसाम् विश्वास कायम गर

जन धनको सुरक्षाको लागी तल्लीन छौ हाम्रा नेपाल
प्रहरी नेपाल प्रहरी देख्ने वित्तिकै बलात्कारी अन्य अपराधीहरु थरथरी
नेपाल प्रहरीलाई सबै जनमासबाट सहयोग सद्भाब दिऊ
हामी सबै जनताहरुले अपराध गतिविधिवाट छुट्टि लिऊँ

मुस्कान सहितको प्रहरीले जनतालाई सेवा सुविधा देओस्प्र
हरी जनता मिलेर सम्पूर्ण अपरधी गतिविधि रोक्न साझेदारी लेओस्

प्रकाशित मितिः   २०८१ जेष्ठ १९ at 6:41 pm 

  • कमेन्ट (Comment)