सिन्धुली दुर्घटनाका ७ घाइतेलाई हेलिकप्टरमार्फत् काठमाडौं लगियो

सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ पलासेस्थित बीपी राजमार्गमा माइक्रोबस दुर्घटनामा घाइते १४ मध्ये ७ जनालाई थप उपचारका लागि सेनाको हेलिकप्टरमार्फत् काठमाडौं लगिएको छ ।
सिन्धुलीका प्रहरी प्रमुख एसपी रवीन्द्रबहादुर सिंहले गंभीर घाइते ७ जनालाई उद्धार गरि थप उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौं पठाइएको जानकारी दिए ।

मंगलबार दिउँसो जनकपुरबाट काठमाडौं आउँदै गरेको म प्र ०४–००१ ज ०२४३ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल अधेँरी खोलाको बगरमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गाडीमा सवार १४ जनामध्ये सबै घाइते भएका छन् । बाँकी ७ जना घाइतेहरुको शुभजीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको छ । घाइतेमध्ये ९ जनाको विवरण खुलिसकेको छ भने ५ जनाको विवरण खुल्न बाँकी रहेको छ ।

प्रकाशित मितिः   २०८३ मङ्सिर २ at 7:23 pm 

  • कमेन्ट (Comment)