नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोजबीच दिउँसो साढे १२ बजे त्रिवि क्रिकेट मैदानमा प्रतिस्पर्धा हुनेछ।
दोस्रो खेलमा साँझ ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्।
हिजो भएको उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराएको थियो। कात्तिक ९ गतेदेखि सुरु भएको एनपीएल मंसिर ५ गते समापन हुनेछ।
खेल हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने छ ।











कनका खबर । २०८३ कार्तिक ११