पार्टीमा खगेन्द्र सुनारको इन्कारी पत्र, स्वीकारेनन् महिलासँगको विवादित संवाद

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो संवादका विषयमा पार्टीमा लिखित इन्कारी पत्र पेश गरेका छन् ।
सुनार र एक महिलाबीचमा भएको भनिएको संवादबारे पार्टीको अनुशासन आयोगलाई उनले लिखित इन्कारी पत्र पेश गरेका हुन् ।

अनुशासन आयोगले गठन गरेको छानबिन समितिलाई सुनारले संवादको बोली आफ्नो नभएको दाबी गरेका छन् ।

अनुशासन आयोगका उपप्रमुख एवं छानबिन समिति संयोजक समेत रहेका अधिवक्ता हरिचन्द्र भट्टराईले सुनारले इन्कारी लिखित पत्र आएको जानकारी दिए ।

भट्टराईले भने, ‘उहाँले इन्कारी गर्नुभएको छ । त्यो बोली मेरो होइन भन्ने कुराहरू गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमा राखेका विषयहरू नै लिखित पत्रमा मोटामोटी आएको छ ।

प्रकाशित मितिः   २०८३ कार्तिक ९ at 4:35 pm 

  • कमेन्ट (Comment)