दीक्षान्त समारोहको तयारी गर्दै प्रतिष्ठान : सरसफाइमा जुट्यो सपरिवार

सरसफाइ कार्यक्रममा भाग लिँदै उपकुलपति डा. मंगल रावल सहित प्रतिष्ठानको टीम । तस्बिर सौजन्य : ओम प्रकाश काफ्ले ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐतिहासिक प्रथम दीक्षान्त समारोह तथा नयाँ शैक्षिक भवन समुद्घाटन कार्यक्रमको तयारी भव्य रुपमा थालिएको छ।

यसैबीच शनिबार बिहान प्रतिष्ठान परिसरमा सरसफाइ गरिएको छ। प्रतिष्ठानका पदाधिकारीहरु सहित, सम्पूर्ण शिक्षक तथा चिकित्सकहरु, कर्मचारी, सेक्युरिटी एवम् हेल्परहरु सहित र सम्पूर्ण विद्यार्थीहरु सबै मिलेर सरसफाई गरेका हुन।

भाद्र २३ गते प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा प्रथम दीक्षान्त समारोह हुने प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले बताए।

दीक्षान्त समारोहको पुर्वसन्ध्यामा अन्तर मेडिकल कलेज खेलकुद सप्ताह भाद्र १६ देखि २१ सम्म हुन् गइ रहेकोले तयारी समेत गर्नका लागि सरसफाइ कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानका शिक्षाध्यक्ष डा. डबल धामीले बताए।

प्रतिष्ठान स्थापनाको १३ वर्ष पछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रथम दीक्षान्त समारोह हुन लागेको छ। दीक्षान्त समारोहकामा सहभागी हुनलाई प्रधानमन्त्री ओलीले स्वीकृति दिइसकेका छन्।

प्रतिष्ठानको इतिहासमा अर्को महत्त्वपूर्ण कार्यक्रम हुन लागेको हुनाले यसलाई भव्य र सभ्य बनाउन निरन्तर तयारीमा जुटेको प्रतिष्ठानका उपप्राध्यापक ओम प्रकाश काफ्लेले बताए।

प्रकाशित मितिः   २०८१ भाद्र ८ at 10:21 am 

  • कमेन्ट (Comment)