रोल्पाको सुनछहरी गाउँपालिकामा पनि पहिरोले दुई घर पुरिएको छ ।
सुनछहरी गाउँपालिका-२ को बेग्लाबेग्लै दुई स्थानमा पहिरो जाँदा दुई घर पुरिएको गाउँपालिकाकी उपाध्यक्ष ननकला घर्तीले जानकारी दिइन् ।
पहिरोले दुई ठाउँमा घरमा पुरिएको भन्ने जानकारी पाएको र जानकारी पाउने बित्तिकै घटनास्थलतर्फ टोली परिचालन भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
घटनास्थलमा टोली पुग्न बाँकी नै रहेकोले के-कति क्षति भयो भन्नेबारे विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
यसअघि बिहीबार रोल्पाको थवाङ गाउँपालिका-५ स्थित कोटलबारामा पहिरो जाँदा १० जनाको मृत्यु भएको थियो भने तीन जना अझै बेपत्ता छन् ।











कनका खबर । २०८३ साउन २९